By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौं,२ असोज । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष स्व।सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ ।

ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व। नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा दिउँसो १२ः३० मा हुने प्रवचन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, संविधानविद् नीलाम्वर आचार्य लगायत उपस्थित हुने एमालेले जनाएको छ ।

अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू प्रमुख वक्ताका रूपमा जाने यसअघिनै एमालेले निर्णय गरिसकेको छ । । सो अनुसार, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुर, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुँदैछन् ।

नेम्वाङको गत मंगलबार ७१ वर्षको उमेरमा निधन भएको थियो ।

kamala dahal September 19, 2023 September 19, 2023
Previous Article आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
Next Article भगवान् गणेशको जन्म दिन आज, देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी जन्मोत्सव मनाइँदै

ताजा खबर

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ
ब्रेकिङ न्युज स्वास्थ्य
आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
अर्थ ब्रेकिङ न्युज राजनीति
प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भेटवार्ता
ब्रेकिङ न्युज राजनीति
एसियाली खेलकुदमा नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071541
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?