By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

हकप्रद शेयर बिक्री गर्न चार कम्पनीले मागे बोर्डसँग अनुमति

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौ, २५ भदौ । नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् ।

लिवर्टी इनर्जीले ५०५ अर्थात् १:०.५ अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

यता, ङादी ग्रुप पावरले १००५ अर्थात् १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, बरुण हाइड्रोपावर लिमिटेले पनि १००५ अर्थात, १स्१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, आँखुखोला जलविद्युतले १५०५ अर्थात, १:१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद सेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रुपैयाँ अन्कित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका हुन् ।

aagaman September 11, 2023 September 11, 2023
Previous Article रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
Next Article अमेरिक कम्युुनिष्ट पार्टीले ‘साम्राज्यबादी’ भन्दै जलाए आफनै देशको झन्डा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?