By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यू हट्यो

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, २४ भदौ । सर्लाहीको मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यू हटेपनि प्रशासनले तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।

कष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच शुक्रबारदेखि उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो।

कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको‍ छ।

अहिले अवस्था सामान्य भएपनि ढुक्क हुने अवस्था नरहेको घिमिरेले बताए।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको थियो।

शनिबार दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको थियो।

विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

निषेधित क्षेत्र तोकिएको स्थानमा भेला र सभा सम्मेलन गर्न पाइने छैन।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।

aagaman September 10, 2023 September 10, 2023
Previous Article एसिया कप क्रिकेट : सुपर फोरमा श्रीलंकाको लगातार दोस्रो जित
Next Article यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?