By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

aagaman
Share
SHARE
Ad imageAd image

नयाँदिल्ली, २४ भदौ । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ ।

जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुवल) समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन् । आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।

“तपाई सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म जी २० अध्यक्षको जिम्मेवारीमा भारत छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्ताव राख्नुभयो । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी नोभेम्बरको अन्त्यमा भर्चुवल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईहरू त्यसमा सहभागी हुनुहुनेछ । यससँगै जी २० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु,” अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भने।

दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरे । चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गरेका थिए ।

aagaman September 10, 2023 September 10, 2023
Previous Article लागुऔषधसहित ६ जना पक्राउ
Next Article मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?