कलाकार सरू पौडेल तथा निरू लामिछानेले नयाँ तीज गीत बजारमा ल्याएका छन् ।
मौलिक तीज गीत ‘दुःख सुख’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सरु र निरुको आवाज रहेको यस गीतको शब्द तथा लय संकलन सरू पौडेलले नै गरेकी छन् । गायिका निरु लामिछानेले विगतमा चितवनमा रहेर लामो समय पत्रकारिता गरेको थिइन् ।
दिपक शर्माको निर्देशनमा सरू,निरूले ल्याए दु:ख -सुख तीज नजिकिँदै गर्दा धमाधम तीज गीतहरू बजारमा आइरहेका छन् । यसै क्रममा हाँस्य कलाकार तथा निर्देशक दिपक शर्माको निर्देशनमा माैलिक तीज गीत दु:ख – सुख सोमबार सार्वजनिक भएको छ । सरू पाैडेल तथा निरू लामिछानेको स्वरमा रहेको उक्त गीतको शब्द तथा लय संकलन पनि सरू पाैडेलले नै गरेकी छिन् ।