नेपाल संस्कृतिक महासंघ कोशी प्रदेशले प्रदेशस्तरीय सभापतिहरूको भेला तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा माननीय रामहरि खतिवडाको प्रमुख अतिथि रहेको थियो। प्रदेश संसद सदानन्द मण्डल ,महासंघका सभापति तीर्थबहादुर थापा ,उप सभापति कृष्ण केसी ,महामन्त्री शिवशङ्कर रिजाल केन्द्रीय सदस्य कलाकार बालकृष्ण निरैला लगायत १४ जिल्लाका सभापतिहरूको उपस्थिति थियो। प्रमुख अतिथि रामहरि खतिवडाले सांस्कृतिक महासंघलाई राम्रो र सक्षम बनाउन प्रतिबद्धता जनाउनुभयो। महासङ्घका सभापति तीर्थबहादुर थापाले देश निर्माणमा टेवा पुर्याउन संस्कृतिक महासंघ सक्षम रहेको बताउनुभयो। उपसभापति कृष्ण केसीले जिल्लाका सभापतिहरुकाे जोस र होस दुवै आएको देखेर खुसी व्यक्त गर्नुभयो।महामन्त्री शिवशंकर रिजालले कार्यक्रमबारे औचित्य बुझाउनुभयो।महासङ्घका केन्द्रीय सदस्य तथा कलाकार बालकृष्ण निरैलाले संस्थापकहरु को उचित मूल्यांकन पार्टीले गर्न नसकेकोमा पार्टीपंक्ति शीत दुखेसो व्यक्त गर्नुभयो संस्थापकहरु तीर्थबहादुर थापा जनार्दन आचार्य, हेमन्त बुढाथोकी लगायतलाई पार्टीमा स्थापित गराउन नेतृत्वदायी भूमिका खेल्न केन्द्रिय सदस्य रामहरि खतिवडालाई अनुरोध गर्नु भयो। कार्यक्रममा सहमहा मन्त्रीद्वय विपीन किरण अर्जुन गिरी जिल्ला सभापतिहरु किरण सिवाकोटी लगायत विशिष्ट व्यक्तिहरुले आफ्नो धारणा राख्नुभएको थियो। कोशी प्रदेश संयोजक चिरञ्जीवी बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उप संयोजक द्वय कुमार अनुरागी ले स्वागत भाषण र मनोज कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रम सुनसरीको कोशी गाउँ पालिकाको ईकाे रिसाेटमा सम्पन्न भयाे कार्यक्रममा सय सांस्कृतिक कर्मिहरुकाे उपस्थिती थियाे।