By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

म तर्सेर भाग्ने खालको मान्छे होइन– माधवकुमार नेपाल

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन् ।

ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन् ।

विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताएका हुन् ।

उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो ।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो । गोली चल्ने बेलामा, गोली खानी बेलामा, राजालाई समाउने बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन,’ उनले भने ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किएका उनले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताए ।

aagaman August 14, 2023 August 14, 2023
Previous Article सोनापुर मिनरल्सको आजबाट प्रिमियम मूल्यमा आईपीओ खुला, प्रतिकित्ता २२५ रुपैयाँ मूल्य
Next Article आज सुनको मूल्यमा सामान्य वृद्धि
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213955
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?