By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

एनआरएनए सहकोषाध्यक्ष टंक गैरेद्वारा आइसिसि सचिवमा उम्मेदवारी

kamala dahal
Share
SHARE
Ad imageAd image

जापान, २९ साउन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानमा २०११ मा प्रवेश गर्दै आईसिसि सदस्य हुँदै अहिले सहकोषाध्यक्षमा रहेर काम गरेको अनुभव छ भने लायन्स क्लवको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएको अनुभव रहेको छ ।

गैरेले एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन । बाग्लुङ गल्कोटमा जन्मेका गैरेले विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन । उनको जापानमा मिना ब्राण्डको आधा दर्जन भन्दा बढी रेस्टुरेन्ट व्यवसायका साथै सिनर्जी पावर पनि रहेको छ । टंक प्रसाद गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन ।

संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउछन । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिएको जनाउदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताए । उनले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।

एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने गैरेले बताए । यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिक मैत्री , बंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन ।

उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गैरेले जनाए । गैरेले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई साथ र समर्थन गर्न सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन भने उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मी, गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिदले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी, बुद्धि सागर सुवेदी , गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन।

kamala dahal August 14, 2023 August 14, 2023
Previous Article ४० दिन पछि अमेजनको जंगलमा जिबितै भेटिएका बालबालिकाको बाबु यौन शोषणको आरोपमा पक्राउ
Next Article जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने
ब्रेकिङ न्युज राजनीति
काठमाडौंको गैह्रीगाउँमा धारिलो हतियार प्रहार गरी ४ जनाको हत्या, ३ जना एकै परिवारका
ब्रेकिङ न्युज सामाजिक
सुन बरामद प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाढि बढेको छ : प्रधानमन्त्री प्रचण्ड
ब्रेकिङ न्युज राजनीति
प्रधानमन्त्री प्रचण्डले किन बोलाए अमेरिका भ्रमण जानु अघि मन्त्रिपरिषद् बैठक ?
ब्रेकिङ न्युज राजनीति

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071500
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?