By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

क्रिएसन नेपालद्धारा प्रस्तूतीकरण प्रतियोगिता आयोजना

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २८ साउन । २४ औं अन्तराष्ट्रिय युवादिवसको अवसरमा क्रिएसन नेपालद्धारा प्रस्तूतीकरण प्रतियोगिताको भव्य आयोजना सम्पन्न भएको छ ।

शनिवार काठमाडौंमा आयोजित प्रतियोगितामा काठमाडौं उपत्यमा रहेका विश्वविद्यालय स्तरीय कलेजका विद्यार्थीहरुले आफनो प्रस्तुतीकरण दिएका थिए । द कोकाकोला फाउन्डेसनको सहयोगमा भएको प्रतियोगिताको शिर्षक ‘‘नेपालमा प्लास्टिज्य बस्तुको जीवनचक्र’’ रहेको थियो ।

सो अवसरमा क्रिएसन नेपाल संस्थापक अध्यक्ष आनन्द मिश्राले देशको भविष्य युवा पुस्ताको हातमा रहेको बताउँदै जागरुक युवाहरुले जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन सक्रिय हुनु पर्ने बताए । उनले हामी पुरै पृथ्विको संरक्षण गर्न नसकेता पनि यदि हामी व्यक्तिगत रुपमा सुध्रिने प्रयास गरे केही हदसम्म जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन मद्दत पुग्ने बताए ।

आयोजक संस्थाका महासचिव सुजाता कोइरालाले प्रतियोगिताको बिषय प्रवेश गराउँदै प्लाटिस्क जन्य बस्तुको बारेमा विस्तृत दिदैं, यस क्षेत्रमा संस्थाले २००५ देखि गर्दै आएको प्रयासका बारेमा प्रकाश पारेकी थिइन ।

निर्णायक मण्डलबाट जय निशान्तले बोल्दै, युवाहरु उमेरले भन्दा सोचले युवा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘युवा उमेरले होइन, युवा सोंचले हुनु पर्छ , जुन दिन देखि हामी केही नयाँ सोच्न बन्द गछौं त्यो दिन देखि बुझनु पर्छ अब हामी युवा रहेनौं ।’

संस्थाले विभिन्न कलेजबाट आएको प्रस्तुतीकरणबाट छनौट गरी अन्तिम प्रतिस्पर्धाको रुपमा ६ वटा कलेजलाई चयन गरेका थिए । जसमध्ये त्रिभुवन विश्वविद्यालय केन्द्रिय वातवारणीय साइन्स, व्यवथापन तर्फ किंग्स कलेज, कानुन तर्फ नेशनल ल कलेज, सामाजिक विज्ञान तर्फ सेन्ट जेभिर्यस कलेज, बातवरणीय इन्जियरिङ्ग तर्फ काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, जनस्वास्थ्य तर्फ होप इन्टरनेशनल कलेजको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले आ आफनो प्रस्तूतीकरण प्रस्तुत गर्दै प्लाटिकज्य वस्तुको जीवनचक्र, यसले वातावरण र मानव जीवनमा पारेको असर, युवा पुस्ताको भूमिका, कानुनी र व्यवहारिक रुपमा हामीले सुधार्नु र गर्नु पर्ने कामका बारे आ आफनो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलको रुपमा संविधानसभा सदस्य तथा संवैधानिक कानुनका जानकार डा. खिमलाल देवकोटा, व्यवथापान, विकास, अन्तराष्ट्रिय सम्बन्धका जानकार पूर्व सन्चारकर्मी जय निशान्त, फोहोर मैला व्यवस्थापन क्षेत्रका विज्ञका रुपमा रहनु भएकी डा. ज्योती गिरी र संस्थाका अध्यक्ष आनन्द मिश्रा स्वयं रहेका थिए । उनीहरुले गरेको अंकको आधारमा नेशनल ल कलेजका विद्यार्थीले प्रथम र काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका वातावरणीय इन्जियरिङ्ग कलेजले दोश्रो स्थान हासिल गरेका थिए ।

बिजेता कलेजका विद्यार्थीहरुलाई प्रथम स्थान हासि गर्नेलाई नगद रु २० हजार सहित प्रमाणपत्र र दोश्रो हुनेलाई नगद रु १५ हजार सहित प्रमाणपत्र र सहभागि भएका अन्य कलेजका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

aagaman August 13, 2023 August 13, 2023
Previous Article कांग्रेस संसदीय दलको बैठक बस्दै, सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने
Next Article सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घटेर ४ लाख रुपैयाँमा सीमित
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?