एजेन्सी : स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि सब्सिच्युट खेलाडी पाराल्लुएलाले १११औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनको जित निश्चित गरिन्।
खेलको ८१औं मिनेटमा काल्डेन्टेले ओलिभरको पेनाल्टीमा गोलमार्फत स्पेनले अग्रता बनाएको थियो। तर भान डेर ग्राटले इन्जुरी टाइम नेदरल्याण्ड्सको लागि बराबरी खेल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो।
यो हारपछि गत संस्करणको उपविजेता नेदरल्याण्ड्सको यो विश्वकप यात्रा भने सकिएको छ।