By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

गौर हत्याकाण्ड पीडितसँगको सम्झौता गलतः माओवादी नेता रामकुमार शर्मा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २६ साउन । एक माओवादी नेताले गौर हत्याकाण्ड पीडितसँग हालै भएको सम्झौता गलत भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उक्त सम्झौता गलत भएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन् ।

‘नेपाल सरकार र मधेसी जनअधिकार फोरम नेपाल विच २०६४ भदौं १३ मा भएको २२ बुँदे सम्झौताको बुद्धा नं ३ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार विच भएको ८ बुँदे सम्झौताको बुँदा नं ७ मा स्पष्ट रूपमा भनिएको छ, मधेस आन्दोलनका शिलशिलामा फोरमका नेता तथा कार्यकर्ता माथि लगाएका मुद्दाहरु खारेज गर्ने छ,’ उनले भनेका छन, ‘तसर्थ गृह मन्त्रालयले रूप सागर देवी उपाध्यायसँग २०८० साउन २३ गते गरेको ५ बुँदे सम्झौताको १ नं बुँदा मधेसी जन अधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सँग गरिएको सम्झौताको विपरीत रहेको छ।’

तत्कालिन मधेसी जनअधिकार फोरमका महासचिवसमेत रहेका माओवादी नेता शर्माले उक्त समुहसँग सहमति गरेर गल्ति गरेकोसमेत बताउँदै सो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन । ‘साथै गृह मन्त्रालयको यस प्रकारको सम्झौताले सरकारमा रहेको गठबन्धन दललाई समेत उत्तेजित गर्ने कार्य गरेको छ।

तसर्थ नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्तीलाई सच्याएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिन गम्भीर ध्यानआकर्षण गर्दछु,ु उनले भनेका छन् ।

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् । शर्मा भने सो घटना हुदाँ फोरमका महासचिव थिए ।

aagaman August 11, 2023 August 11, 2023
Previous Article जसपाले आज गौर हत्याकाण्डबारे आफनो धारणा सार्बजनिक गर्ने
Next Article सुन तस्करीको आरोपित दुई चिनियाँ बिमानस्थलवाट पक्राउ
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213836
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?