By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

कपनमा महानगरको डोजर पुगेपछिको तनाव, महानगर प्रहरी र स्थानीयबीच झडप

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं , २५ साउन । काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ।

बिहीबार काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोला खोतल्न थालेपछि समस्या उत्पन्न भएको हो।

‘कुनै समन्वयन नगरी डोजर लिएर आउनुभएको थियो,’ उनले भने, ‘अहिले डोजर प्रयोग गर्न दिइएको छैन। आजै काठमाडौंका मेयर बालेन शाहसँग कुराकानी गर्नेछु।’

यस्तै बुढानीलकण्ठका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो।

‘महानगरसँग जोडिएको वडा नम्बर ६, ७ र बूढानीलकण्ठको १० र १२ को सिमानाबारे पहिलेदेखि नै विवाद थियो,’ उनले भने, ‘वडा ७ को विवाद भने केही टुंगिएको थियो। अरू ठाउँको सीमाना विवाद सुल्झाउन वडासँग विभिन्न समयमा कुराकानी भइरहेको थियो।’

तर त्यहाँका स्थानीयहरूले २०२१ सालको नापी नक्सा अनुसार दुबै नगरपालिकाले सिमाना राख्नुपर्ने माग गरेका थिए। तर नापी आएका बेला नापजाँच गर्न नदिँदा अहिलेसम्म समस्या सुल्झिन नसकेको बताइएको छ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका तर्फका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासि महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताए।

‘दुवैतर्फका वडाध्यक्षबीच कुराकानी पनि भइरहेको छ। सिमाना निर्क्यौल गर्नेबारे कुराकानी भइरहेको छ,’ उनले भने, ‘कुनै जानकारी नदिई नगर प्रहरी आएर खोला खोतल्न थालेकोमा हाम्रो आपत्ति छ।’

महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वयन गरेरै डोजर गएको बताए।

‘हामीले मेयरसँग कुराकानी गरेका थियौं,’ उनले भने, ‘तर अहिले एक्कासि उहाँले बाटो खन्न पाइँदैन भनेर भन्नुभयो। सोही क्रममा झडप भएको हो।’

त्यस्तै, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसबारे आफूलाई कुनै जानकारी नआएको बताए।

aagaman August 10, 2023 August 10, 2023
Previous Article २४ तोला सुनसहित पोखराबाट एक महिला पक्राउ
Next Article केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213804
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?