By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्यमनोरन्जन

१७औं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ भव्य रुपमा आयोजना हुँदै

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २३ साउन । नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यसपालि पनि नेवार समुदायका युवतीबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ आयोजना गर्ने भएको छ ।

आगामी भदौ ५ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुने मिस नेवाः नेपाल ११४३ अन्तर्गत ट्यालेन्ट राउन्ड शनिबार दिउँसो राजधानीमा सम्पन्न भएको छ। ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायत आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने कोसिस गरेका थिए ।

१७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमीला महर्जन, रितिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए ।

त्यसैगरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले वक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुसी डंगोलले नेवारी कविता वाचन, रिद्धिशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रदर्शन गरेका थिए ।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेका कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन् । यस वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दै छन् ।

नेप्लिज फेसन होमका प्रमुख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्विन इरिना महर्जन, मिस लिटील नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्य सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराँते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणि श्रीरत्न बज्राचार्य, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक थिए । प्रतियोगितामा रोजिन शाक्य मुख्य कोरियोग्राफर हुन् भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक छिन् ।

aagaman August 8, 2023 August 8, 2023
Previous Article युरोपेली संघकी राजदूत डेप्रेजले गरिन प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता
Next Article आज सुनचाँदीको मूल्यमा गिरावट
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213809
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?