By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

आफनो मुद्धा हेर्ने न्यायधिस फेर्नु पर्ने ट्रम्पको नयाँ अडान, भन्छन, ‘यी न्यायधिस माथी विश्वास छैन्’

aagaman
Share
SHARE
Ad imageAd image

वासिंग्टन डिसी, २३ साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् ।

सन् २०२० मा भएको निर्वाचनमा ट्रम्पले पराजयको सामना गर्नुपर्‍यो तर उनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसपछि जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले राजधानीमा आक्रमण गरेका थिए। डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणमा असफल मानिएको थियो । यसपछि ट्रम्पमाथि हारका बाबजुद पनि पदमा बसेको आरोप लागेको थियो ।

त्यसैले ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाइएको छ। न्यायाधीश तान्या चुटकनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले मुद्दाको जिम्मेवारी सुम्पएका थिए ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै वाशिङटनमा ‘निष्पक्ष सुनुवाइ हुने नसक्ने भन्दै अरु कुनै उपाय लगाउनु पर्ने बताएका हुन । जसकाकारण आफनो मुद्दालाई अन्य अदालतमा स्थानान्तरण गर्न माग गर्ने भएका छन् । तर, अदालतमा कुनै औपचारिक अनुरोध भने अझै दायर गरिएको छैन ।

भूतपूर्व राष्ट्रपति ट्रम्पले धेरै वर्षपछि अहिले चुनाव हुन लागेको बेला आरोप लगाइएको बताए । ‘यो एउटा षड्यन्त्र मात्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भनेका छन् । उनले यो पनि भने कि, ‘मलाई आशा छ कि अमेरिकाका जनताले यो देख्नेछन्। हाम्रो देश बर्बाद हुँदैछ । यसलाई फेरि उत्कृष्ट बनाउनु पर्छ। र, हामी तुरुन्तै मुद्दाको अर्को न्यायाधीशबाट सुनुवाई गर्न माग गर्नेछौं। यसका साथै मुद्दालाई अन्यत्र स्थानान्तरण गर्न पनि निवेदन दिनेछौं ।’

यसअघि उनले भनेका थिए कि, ‘मैले सुनेको छु कि विशेष काउन्सिल ज्याक स्मिथले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न म माथि अर्को फर्जी आरोप लगाउने छन्। यो मुद्धा लगाउने काम साढे दुई वर्षअघि किन गरेनन् ? किन यति लामो समय पर्खनु परयो ? किनभने तिनीहरू यसलाई मेरो अभियानको बीचमा राख्न चाहन्थे। यसले अभियोजन पक्षको दुर्व्यवहार देखाउँछ।’

मिडिया रिपोर्टका अनुसार तान्या चुटकन जनवरी ६, २०२१ मा वाशिंगटनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरूलाई कडा सजाय दिने न्यायाधीशको रूपमा चिनिन्छन्। उनी ट्रम्पद्वारा नियुक्त फ्लोरिडाको संघीय न्यायाधीश इलिन क्यानन भन्दा निकै ‘कडा’ मानिन्छिन् ।

aagaman August 8, 2023 August 8, 2023
Previous Article काठमाडौँमा भारी वर्षा : नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
Next Article इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाईयो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213804
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?