By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १८ साउन । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनेको छ।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।

तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक(एसपी) कुमुध ढुंगेलले जानकारी दिए।

‘आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएका कारण देखाउँदै अदालतबाट म्याद थप भएन,’ एसपी ढुंगेलले सेतोपाटीसँग भने।

पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ। ‘हिरासतमा नराख्ने भनिएको हो । मुद्धा चल्छ। आरोपी बाहिरै बसेर मुद्दा लड्नुहुन्छ,’ एसपी ढुंगेलले भने।

अदालतले म्याद थप नगरेपछि हिजै पाण्डेलाई प्रहरीले छोडेको छ। अदालतबाट फर्केर प्रहरी कार्यालयमा आवश्यक प्रकृया पूरा भएपछि हिजो राती नै छाडिएको एसपी ढुंगेलले जानकारी दिए।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

aagaman August 3, 2023 August 3, 2023
Previous Article नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
Next Article भारी वर्षाको सम्भावना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213804
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?