By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

उज्वेकिस्तानः तीन दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु

aagaman
Share
SHARE
Ad imageAd image

लन्डन, १७ साउन । उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेर एक महिलाको मृत्यु भएको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ ।

३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् तर उनलाई बचाउन कोही आएनन् । अन्ततः लिफ्टभित्रै उनको मृत्यु भयो ।

द मिररको रिपोर्टका अनुसार मृतकको पहिचान ओल्गा लियोन्टिभाको रुपमा भएको छ । लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीहरुले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो । यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन् ।

रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन । दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए । त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो । अनुसन्धानपछि प्रहरीले समान पुरयाउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो ।

यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन् । अनुसन्धानका क्रममा जुन लिफ्टमा फसेर महिलाको मृत्यु भएको थियो, त्यो लिफ्ट चीनमा बनेको रनिङ लिफ्ट हो । अहिले भवन प्राधिकरणविरुद्ध मुद्दा दर्ता भएको छ । लिफ्टमा धेरै समस्या भए पनि सुधार नभएको अनुसन्धानमा देखिएको छ । यसलाई घोर लापरवाहीको मुद्दा मानिएको छ ।

रिपोर्टका अनुसार दुर्घटनामा परी मृत्यु भएकी महिलाको एक ६ वर्षीया छोरी छन्, जसको हालत रोएर खराब भएको छ । आमाको निधनपछि उनी अहिले आफन्तसँग छन् ।

aagaman August 2, 2023 August 2, 2023
Previous Article जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
Next Article केन्द्रीय समितिमा प्रचण्डको गुनासो : माओवादी पार्टीजस्तो हुन सकेन, सुदृढीकरण थालौँ
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213809
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?