By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न

aagaman
Share
SHARE
Ad imageAd image

महोत्तरी, १४ साउन । मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ । यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ ।

विशेषगरि पर्साको वीरगञ्ज, धनुषा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकारकै स्थिति सिर्जना भएको छ । साउनको तेस्रो साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।

केही दिनअगाडि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो । खडेरी परेसँगै मधेश प्रदेशवासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन् ।

शनिबार मधेश प्रदेश सरकारका अर्थ र जल तथा सिंचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए ।छलफलमा थप समस्या आउन नदिने तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए ।

‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरीहरु बनाएर यसको रिचार्ज गर्नुपर्ने बिषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरुले हाम्रो सुझावलाई गम्भीररुपमा लिनुभएको छ ।’

पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन् । नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन् । ‘पहिले नियमित लगाउने बालीहरु हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने ।

aagaman July 30, 2023 July 30, 2023
Previous Article विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल
Next Article राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमति
Ad imageAd image

ताजा खबर

घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ कांग्रेस : सभापति गगन थापा
ब्रेकिङ न्युज
कास्की अदालतमा तारेख बुझेर स्याङ्जा लागे रवि लामिछाने
ब्रेकिङ न्युज
१२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
ब्रेकिङ न्युज
मधेसको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ- सभापति थापा
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

215263
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?