By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

aagaman
Share
SHARE
Ad imageAd image

भादगाउँ, १४ साउन । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ । नगरभित्र ठूला ठूला डेरी सञ्चालनमा रहेकोले पनि यहाँ पशुपालन व्यवसाय फस्टाएको हो । अहिले लम्पी स्किनको महामारीले सबैभन्दा धेरै क्षती पनि चाँगुनारायणमा नै भएको नगरालिकाको पशु सेवा शाखा प्रमुख खड्ककुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार चाँगुनारायणमा अझै चार भैँसी र एक हजार १३२ गाई गरी एक हजार १३६ संक्रमति छन भने ५ हजार ६ सय पशु प्रभावित छन् ।

गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले एक हजार पाँच सय डोज खोप खरिद गरी गाईभैँसीलाई लगाएको मैनालीले बताउनुभयो । लम्पी स्किनको सङ्क्रकण उच्च देखिएपछि त्यसको निराकरणका लागि बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयबाट प्राप्त एक लाखबाट पशु चिकित्सक, औषधिसहितको प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरीक्षण गर्नुका साथै खोप लगाइ दिएको उहाँले जानकारी दिनुभयो ।

“टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार भिटामिन, ज्वरोको औषधि, प्रोटिन दिइ खोप लगाउने कार्य गर्दै आइरहेको छ । खटिरा सरसफाइको लागि आवश्यक औषधि वितरण गरेको छ”, उहाँले भन्नुभयो ।

यसैगरी सूर्यविनायक नगरपालिकामा तीन सय ८५ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको नगरपालिकाको पशुसेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायकमा एक हजार आठ २५ गाईभैँसीलाई लम्पी स्किन सङ्क्रमण विरुद्धको खोप लगाइ सकेको छ ।

यहाँ सङ्क्रमित हुन नदिन पशुलाई मल्टी भिटामिन, पारा सिटामोल, गुल्कोज, घाउ सफा गर्न मलम र पाउडर वितरण गरेको उहाँले बताउनुभयो । मध्यपुर थिमिमा एक सय पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएको र यसबाट प्रभावित पशुको सङ्ख्या सात सय पुगेको नगरपालिकाको पशुसेवा शाखाका प्रमुख थरकुमार थापाले बताउनुभयो । मध्यपुर थिमिमा रहेको करिब एक हजार दुई सय पशुमध्ये एक हजार एक सय पशुलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमण रोकथामका लागि पशु सेवा विज्ञ केन्द्र लगनखेलको प्राविधिक सहयोगका साथै औषधि कृषकलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो । पशुपालन क्षेत्रमा देखिएको रोगबारे कृषकलाई परामर्श तथा त्यसको रोकथामका उपाय विभिन्न माध्यमबाट जानकारी गराएको बताउँदै उहाँले पशुपालनले मानवीय स्वास्थ्यलाई मध्येनजर गरी रोग व्यवस्थापन गरी व्यवसाय सञ्चानल गर्न सचेतना अभियान थालेको जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाको पशुसेवा शाखाका पशुसेवा प्राविधिक पार्वती योञ्जनले नगरभित्र एक वटा गाईमा लम्पी स्किनको सङ्क्रमण देखिएकोमा उपचार गरी निको पारिएको बताउनुभयो । पशुमा देखिएको लम्पी स्किनको उपचारका लागि चारै नगरपालिकालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट नगद एक-एक लाख दिएको बताउँदै उहाँले सोही रकमले आवश्यक औषधि खरिद गरेको जानकारी दिनुयभो ।

लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन निकै घट्ने, छालामा गिर्खा देखिने, (याल सिँगान बस्ने स्ता लक्षण देखिन्छ । रासस

aagaman July 30, 2023 July 30, 2023
Previous Article प्रधानमन्त्रीलाई भेट्न ओली किन पुगे बालुवाटार ? यस्तो छ कारण !
Next Article सर्वोच्चद्धारा हवाई टिकटमा भ्याट नलगाउन अन्तरिम आदेश
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213821
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?