By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न

aagaman
Share
SHARE
Ad imageAd image

महोत्तरी, १४ साउन । मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ । यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ ।

विशेषगरि पर्साको वीरगञ्ज, धनुषा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकारकै स्थिति सिर्जना भएको छ । साउनको तेस्रो साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।

केही दिनअगाडि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो । खडेरी परेसँगै मधेश प्रदेशवासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन् ।

शनिबार मधेश प्रदेश सरकारका अर्थ र जल तथा सिंचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए ।छलफलमा थप समस्या आउन नदिने तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए ।

‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरीहरु बनाएर यसको रिचार्ज गर्नुपर्ने बिषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरुले हाम्रो सुझावलाई गम्भीररुपमा लिनुभएको छ ।’

पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन् । नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन् । ‘पहिले नियमित लगाउने बालीहरु हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने ।

aagaman July 30, 2023 July 30, 2023
Previous Article विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल
Next Article राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमति
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213836
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?