By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

२९औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ११ साउन । यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार तौलिहवा कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ ।

इन्सेक कार्यसमितिको २०८० साउन ९ गतेको बैठकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई २९ औं प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा खातुनलाई सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरण गर्दै इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई पुरस्कृत गरिंदै आएको छ ।

पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व।दयावीरसिंह कंसाकार, डा। गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसकेका छन् ।

यस वर्षको सम्मान यही साउन १६ गते ललितपुरको स्टाफ कलेजमा आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थितिमा गरिने इन्सेकले जनाएको छ ।

aagaman July 27, 2023 July 27, 2023
Previous Article सोह्रखुट्टेस्थित एक घरमा छापा मार्दा ६६ काटुन ‘ब्रेक शु’ बरामद
Next Article एमालेद्वारा सुन तस्कारी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213801
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?