By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले सदन अवरुद्ध गर्ने

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं,१० साउन । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजीको राजीनामा माग्ने तयारी गरेको छ।

१०० किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको हात रहेको आरोप लगाएको एमालेले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अवरोध गर्न लागेको हो।

प्रतिनिधिसभा बैठकअघि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको छ। एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले १२ बजे पार्टीको संसदीय दलको बैठक बस्ने र गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन्।

३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारे जवाफ माग्न लागेको हो।

एमाले अध्यक्ष केपी ओलीले हिजो मंगलबार कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भने कसको छ भनी प्रश्न गरेका थिए।

त्यसक्रममा ओलीले भनेका थिए, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ?’ उनले प्रश्न गरे, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर कसरी जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्रोका बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर। यो अत्यन्त अनैतिक हो।’

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब सय किलो सुन बरामद गरेको थियो। भन्सार जाँचपास भइसकेको अवस्थामा उक्त सुन बरामद भएको थियो।

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्। तीमध्ये झण्डै आधा भन्सारका कर्मचारी र एजेन्ट छन्। अझै केही व्यक्ति संलग्न रहेको र थप अनुसन्धान गरिरहेको राजस्वले यसैबीचमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको हो।

aagaman July 26, 2023 July 26, 2023
Previous Article अक्षय कुमारको ओएमजी-२ को २० सिन काटियो,’ए’ सर्टिफिकेट दिने भएपछि निर्माता असन्तुष्ट
Next Article मोटरसाइकल दुर्घटनामा अनुसन्धानका प्रहरी निरीक्षकको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213836
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?