By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहास कै बिशाल प्रदर्शन

aagaman
Share
SHARE
Ad imageAd image

जेरूसलम, ७ साउन । इजरायलमा न्यायिक सुधार विधेयकको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीले र्‍याली निकालेका छन् ।

न्यायिक सुधार विधेयकलाई लिएर यसअघि नै हंगामा भइसकेको छ । विधेयकमा अन्तिम मतदान अर्को हप्ताको सुरुमा हुनै लाग्दा प्रदर्शनकारीहरूले नेसेट नजिकै टेन्ट सिटी स्थापना गरेर बिरोधमा उत्रिएका हुन ।

तेल अभिभ र जेरुसेलममा प्रदर्शनकारीहरूले न्यायिक परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले चार प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहु सरकारले देशको न्यायिक प्रणालीमा सुधार गर्ने प्रस्ताव ल्याएको छ, जसलाई लिएर शनिबार बिशाल प्रदर्शन भएको हो । विधेयक कार्यान्वयनमा आएपछि सरकारले न्यायाधीश नियुक्तिको अधिकार पाउने छ । विधेयकलाई कानुन बन्न थप दुई मतले पारित गर्नुपर्ने आवाश्यक रहेको छ ।

केही सञ्चारमाध्यमका अनुसार विधेयकका कारण देश दुई घेरामा विभाजित हुन पुगेको छ । र, यो विधेयकले इजरायलको इतिहासमा सबैभन्दा ठूलो विरोध आन्दोलनलाई जन्म दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इजरायली जनताले नेतान्याहु सरकारविरुद्ध सरकारको योजना देशको अनुसन्धान प्रणालीमाथि आक्रमण भएको आरोप लगाएका छन्। न्यायलयलाई सरकारको नियन्त्रणमा राख्ने नेतान्याहु सरकारको यस्तो कदमले लोकतन्त्र खतरामा पर्ने उनीहरुको भनाई रहदैँ आएको छ ।

नेशनल काउन्सिल अफ यहुदी महिलाकी प्रमुख शीला काट्जले केही समय अगाडि भनेकी थिइन् कि, ‘यो न्यायिक सुधारको बारेमा हुदैँ होइन, यो लोकतन्त्रको बारेमा हो। अदालतहरू पवित्र छन्। अदालतहरू जनताको अधिकारको रक्षाका लागि हुन्छन्, त्यसैले अदालतलाई राजनीतिबाट टाढै राख्नु पर्छ ।’

मिडिया रिपोर्टका अनुसार उता नेतन्याहु सरकारको न्यायिक सुधार नीति अन्तर्गत अदालतको शक्तिमा उल्लेख्य कमी आउनेछ। यो बिधेयक पारित भएमा अदालतको कुनै पनि निर्णयलाई संसदमा बहुमतले परिवर्तन गर्न सक्नेछ । अदालतले संसदले बनाएको कानुनको पुनरावलोकन गर्न सक्ने छैन् । इजरायली संसदमा नेतान्याहुको बहुमत भएकोले उनी अदालतको कुनै पनि निर्णयलाई उल्टाउन सक्षम छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पेस मेकर जडान गर्ने प्रक्रियाबाट गुज्रिरहेका छन्। प्रधानमन्त्रीको कार्यालयले आइतबार बिहान सो जानकारी दिएको हो । नेतन्याहूलाई उनको कार्यालयले डिहाइड्रेसनका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

aagaman July 23, 2023 July 23, 2023
Previous Article भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका नेता दिल्ली भ्रमणमा जांदै
Next Article आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?