By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ, न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा पेशी तोकियो

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौं,७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा निरन्तर सुनुवाइका लागि न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी परेको छ ।

मुख्यमन्त्री थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि समर्थनमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै सर्वोच्च गएका थिए ।

कार्कीले दायर गरेको रिटमा गत असार २७ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिँदै साउन ३ गते भित्र मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख पर्शुराम खापुङलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । इजलासले यही साउन ३ गते भित्र मुख्यमन्त्री नियुक्तिका कागजात झिकाउन आदेश दिँदै साउन ७ गतेबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो ।

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेश गरिसकेका छन् ।

kamala dahal July 23, 2023 July 23, 2023
Previous Article जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन
Next Article नम्बरी सुन नामक फिल्मको च्यारिटी शो सम्पन्न

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071839
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?