By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

बारा कांग्रेसका सचिव र नेकपा एसका सह सचिवमाथी प्रहरी कुटपिट, भएन अझै कारबाही

aagaman
Share
SHARE
Ad imageAd image

बारा, ६ साउन । गत साउन दुई गते सोमबार राती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा करिब सातदिन अगाडी कलैया–बघवन सडकमा भएको पिकअप भ्यान र मोटरसाइकल दुर्घटनाको विषयमा छलफल तय भयो ।

प्रहरीले दुबै पक्ष्यलाई छलफलका निम्ती कार्यालय आउन आग्रह ग¥यो । त्यसपछि दुबै पक्ष्यले आ–आफ्नो नजिककालाई सजिकरण गर्नका निम्ती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आउन आग्रह गरे । आउन आग्रह गरेपछि दुबै पक्षका व्यक्तिहरु प्रहरी कार्यालयमा पुगे, त्यसमध्य थिए नेपाली कांग्रेसका बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिव ध्रुब यादब ।

छलफल सुरु नहुदै उनीहरुलाई देखेपछि एकाएक प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन’ भनेपछि सचिव यादव र सहसचिव यादवले प्रहरीलाई मर्यादित हुन र सभ्य भएर कुरा गर्न आग्रह गरे ।

त्यसपछि प्रहरी र उनीहरुबिच प्रतिवाद सुरु भयो र प्रतिवाद हुदाहुदै सचिव यादब र सहसचिव ध्रुब यादबमाथि प्रहरीले कुटपिट सुरु गरयो ।

त्यसमा संलग्रता थिए प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह । दुबै मिलेर सचिव यादब र ध्रुब यादब माथि जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा निर्घात कुटपिट गरे । त्यसछि प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिए ।

सो घटना सार्वजनिक भएपछि बाराको कलैयामा तनाबग्रस्त बन्यो । सरकारमा रहेका गठबन्धनका दुई घटकका जिल्ला सचिब र सहसचिबलाई कुटपिट भएको थाहा भएपछि उनीहरु आन्दोलित भए र घटनामा संलग्रता रहेका प्रहरी अधिकृतलाई निलम्बन र बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको सरुबाको माग गरे ।

घटना भएको तिन दिन बितिसक्दा समेत प्रहरीले घटनाको छानबिन गरेको छैन । यता बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले सो रात प्रहरी र सचिब तथा उपसचिबसँग सामान्य बादबिवाद भएको तर कुनै कुटपिट नभएको भन्दै प्रहरीको बचाउ गरे । तर सो घटनाका प्रत्यक्षदर्शी समेत हुदाँहुदै पनि उनीहरुको बचाउ गरेपछि आन्दोलन झन चर्कियो । शुक्रबारसम्म यो घटना आईपुग्दा आन्दोलित समुहले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारा घेराउ गरे ।

प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ ।

सवारी दुर्घटना सम्बन्धि विषयमा छलफल गर्न पुगेका बेला यादवमाथि कुटपिट भएको भन्दै कांग्रेसले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो । प्रहरीले कांग्रेस सचिव यादवलाई कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्ब्यहार गरेको भन्दै एकिकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ ।

दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध रयाली तथा विरोधसभाको आयोजना गरिएको हो । विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।

आन्दोलनप्रति पचरौता नगरपालिकाको ऐक्यवैद्घता

नेपाली कांग्रेस बाराले पार्टीका जिल्ला सचिव तथा नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिवमाथि कुटपिट गर्ने प्रहरी अधिकृत र बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कानुनी कारवाहीको माग पचरौता नथरपालिकाले गरेको छ ।

पचरौता नथरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैस्वारले आज एक बिज्ञप्ति जारी गरि आन्दोलनप्रति ऐक्यवैद्दता जनाएको हो ।

“पछिल्लो समय बारा प्रहरी प्रमुखको सनकले गर्दा जिल्ला भर प्रहरीको बदनाम भएको छ । हामी जनताका जनप्रतिनिधि है, उहाँ एसपी सायब हामी जनताको बिषय लिएर जादा हामीलाई गर्ने व्यवहार, उहाँको बल्ने शैली र उहाँको कार्यसम्पादन प्रति हामी समेत पहिलेबाट सन्तुष्टी थिएनौं,’ नगरप्रमुख जैस्वारले भने, ‘उहाँ प्रहरीको काम र मर्यादा बाहिर गएर कुनै राजनिति व्यक्ति र पार्टीको ईसारामा खुलेरै कार्य गर्दै आउनुभएको थियो त्यसकै प्रतिफल हो यो घटना । प्रहरीले गर्ने यस्ता कार्यको घोर भत्र्सना गदै सम्बन्धित कार्यालयमा यसको सत्यतथ्य छानबिन र दोसीलाई कारबाहीको माग गर्दछु ।’

सअगि महागढीमाई नगरपालिकाले समेत उक्त आन्दोलनप्रति ऐक्यबदता जनाएको थियो ।

सरुवा थमैति गर्दै प्रहरी उपरिक्षक होबिन्द्र बोगटी

२०७९/०४र०८ गते नेपाल प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल, काठमाण्डौंबाट काजमा बारा आएका प्रहरी उपरिक्षक एसपी होबिन्द्र बोगटी बारा आएको एक वर्ष भयो । यो बिचमा उनको सरुबाको निम्ती तिन–चार पटक सिफारिस भएको थियो ।
प्रहरी प्रधान कार्यालयमा उनी यसअगि भएका कारण उनको सरुबामा सिफारिस हुने बितिकै उनले खबर प्राप्त गर्छन अनि उनी तुरुन्तै काठमाण्डौं पुग्छन र थमैति गर्छन ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले नाम नखुलाउने सत्तमा भने उहाँको सरुबाको सिफरिस हामीले चारपाँच दिन अगाडी गर्ने भनेर हामि सिफारिस गर्ने तयारीमा थियौ तर उहाँलाई यहाँबाट खबर गएछ तु यहाँ आउनु भो र हाललाई सरुबा थमैति गरेर फकिनु भयो ।

जिल्लामा रहेका प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालयमा रहेका प्रमुखहरुको कार्याकाल बढिमा एक वर्षको मात्रै अबधि हुने हुन्छ । काजमा गएकाहरुको हकमा भने प्रहरी प्रधान कार्यालयले कुनै बखतमा फिर्ता बोलउने र त्यहाँ अन्यलाई पठाउने गर्छ प्रहरी संगठनले यसरी नै कार्य गर्छ । व्यक्तिको हकमा समेत यही प्रक्रिया हो तर हामी भन्दा माथिका निकायमा उहाँको पहुच निकै राम्रो दोखिन्छ, त्यसकारणले गर्दा उहाँले पटक पटक सरुवा रोक्न सफल भएको सोतको दावी छ ।

aagaman July 22, 2023 July 22, 2023
Previous Article प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै,उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची
Next Article आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?