By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

गृहमन्त्री श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रदैँ

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ७ साउन । उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्धामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेको हो ।

पत्रकार बस्नेत माथी गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरे पछि अहिले चौतर्फी बिरोध भईरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, समाजबादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरीका जिल्ला शाखाहरुले प्रेस बिज्ञप्ति निकालेर बस्नेत माथी मुद्धा चलाउने गृह मन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता बिरोधी’ हर्कत भन्दै बिरोध जनाएका छन् ।

गृह मन्त्रालयको सचिवालयले हालेको उजुरी पछि साइबर ब्युरोबाट फोन आए पछि त्यसलाई अस्विकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन् । ‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्युरोबाट फोन आएको छ । उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीं जानुहुन्न, बस्नेतले भनेका छन, ‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौं । सरकारले हामीलाई गिरफ्तार गरोस् । हामी हाँसीहाँसी जेल जान तयार छौं ।’

उनले अगाडी भनेका छन, ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो ।’

aagaman July 22, 2023 July 22, 2023
Previous Article एयरपोर्ट सुन तस्करी प्रकरणबारे एमाले महासचिव शंकर पोखरेलले उठाए गम्भीर ५ प्रश्न
Next Article महिलाको जस्तो स्तन भएका एक अमेरिकन पुरुषको कथा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?