By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौ, ४ साउन । माथिल्लो मैलुङ खोला जलविद्युतले बिहीबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो ।

यसले १ सय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं। १ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।

यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्य १ लाख ५० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूह (स्थानीय र वैदेशिक रोजगारीमा रहेका) का लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन पाइनेछ। यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ १ गतेसम्म पनि आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

kamala dahal July 20, 2023 July 20, 2023
Previous Article जिल्ला सचिवमाथी कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न कांग्रेसको माग
Next Article लम्पी स्किनबाट एक सय ५९ पशु मरे

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?