By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

जिल्ला सचिवमाथी कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न कांग्रेसको माग

aagaman
Share
SHARE
Ad imageAd image

बारा, ४ साउन । नेपाली कांग्रेस बाराले जिल्ला कार्यसमितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन बुझाउदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कांग्रेसको आन्दोलनमा एकिकृत समाजवादीले समेत साथ दिएको छ ।

प्रहरीले कांग्रेस सचिव यादवमाथी कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो । कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथी कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही नभए संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव बिक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् ।

कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । पछील्लो पटक बारा प्रहरीको कारण बिभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बड्दै गएको छ । बारा प्रहरी कार्यालयका प्रमुख होबेन्द्र बोगटीको कार्यसम्पादनमा समेत प्रश्न जिल्लामा उठ्दै गएको हो ।

aagaman July 20, 2023 July 20, 2023
Previous Article यी हुन् झण्डै एक क्वीन्टल सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू
Next Article माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213959
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?