By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतसँग ९ विकेटले पराजित

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २ साउन । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो। भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए। अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल २१ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित शर्माले मात्र एक विकेट लिए। उनले ओपनर अभिषेक शर्मालाई कुशल मल्लको हातबाट क्याच आउट गराए। लिस्ट ए क्रिकेटमा रोहितको यो पहिलो विकेट हो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए। अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे। ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए।

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए। त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ(६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे। गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे। भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।

aagaman July 18, 2023 July 18, 2023
Previous Article अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता
Next Article ४० वटा कंकालसँग सुत्ने एक अमेरिकन पक्राउ, भन्छन, ‘यी सबै मेरा साथीहरु हुन्’
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?