By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

६ सय बढी साइकलसहित ‘भक्तपुर कोरा २०२३’ सम्पन्न

kamala dahal
Share
SHARE
Ad imageAd image

भक्तपुर, ३१ असार । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने उद्देश्यका साथ शनिबार भक्तपुरमा “भक्तपुर कोरा २०२३” सम्पन्न भएको छ ।

दीर्घकालिन रूपमा साइकललाई साइकलमात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्ने तत्परताका साथ कार्यक्रम गरिएको हो ।

साइकल रुट विहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु भएको थियो । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिएको थियो ।

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुर चाँंगुनारायणको क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५-१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको थियो । विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिएको थिो ।

साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिएको थियो । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिएको थियो ।

साइकल कनेक्ट भक्तपुरकी अध्यक्ष निर्जला प्रजापतिले भक्तपुरलाई साइकलको जिल्ला बनाउने अभियान अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा भक्तपुर कोरा साइकल अर्थात् साइकलमा यात्राको परम्परा सुरुवात गरेको बताइन् । साथै सानो स्केलमा प्रत्येक शनिबार जिल्लामा रहेका साइकल प्रेमीहरु निश्चित गन्तव्य बनाई सामूहिक साइकल यात्रा गर्दै आएको पनि उनले जनाइन् । यसबाट साइकलप्रेमीहरुको संख्या निरन्तर वढन थालेको उनको अनुभब छ ।

शनिबार भएको तेश्रो पटकको साइकल यात्रामा ६ सय भन्दा वढीले सहभागि थिए ।

kamala dahal July 16, 2023 July 16, 2023
Previous Article जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट भंगहासम्म रेल कुद्ने
Next Article नागरिक लगानी कोषको एजीएम आज, बोनस वितरण मुख्य एजेन्डा

ताजा खबर

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ
ब्रेकिङ न्युज स्वास्थ्य
आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
अर्थ ब्रेकिङ न्युज राजनीति
प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भेटवार्ता
ब्रेकिङ न्युज राजनीति
एसियाली खेलकुदमा नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071541
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?