काठमाडौँ, ३१ असार । शनिबार लायन्स क्लब ललितपुर ईलाईट द्वारा हात्तिवन ललितपुर स्थानिय महिलाहरुको पाठेघर मुखको पुर्व क्यान्सर परिक्षण निःशुल्क जाचॅं सेवा महिलाहरुलाई प्रदान गरेको छ ।
यस कार्यक्रम सफल बनाउन मेरि स्टोपद्वारा चिकित्सक उपलब्ध गराईएको, रुदेर्स्वर क्लिनिक तथा प्याथलोजिद्वारा स्थान उपलब्ध गराई साथै लियो क्लबका एरिया चिफसॅंगै लियो क्लबहरु र लायन्नहरुद्वारा सहज बेवस्थापन गरिएको थियो ।
उक्त कार्यक्रममा लायन्स क्लब ३२५-ऽ का सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन विनय वस्नेत, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जयन्त्रलाल श्रेष्ठ,जोन चेयरपर्शन लायन अरुण गुरुगं र जोन चेयरपर्शन लायन चिन्तन बज्राचार्यको उपस्थिती रहेको थियों।

