By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

कर्मचारी माथि दुर्ब्यवार गर्ने वडाध्यक्षको संरक्षण गर्दै सिन्धुली प्रहरी

aagaman
Share
SHARE
Ad imageAd image


सिन्धुली, २९ असार। सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीलाई पक्राउ गरी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, अहिलेसम्म न त प्रहरीले उनलाई पक्राउ गर्न सकेको छ, न त वडाध्यक्ष कार्की प्रहरीसमक्ष आत्मसमर्पण गर्न गएका छन् ।

पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी कार्य अघि बढाए पनि वडाध्यक्ष कार्की पक्राउ पर्नुको सट्टा गाउँपालिकामा भुक्तानी हुन बाँकी विभिन्न समितिको सिफारिस गरिरहेको बुझिएको छ। पक्राउ पूर्जी जारी भएका व्यक्तिले वडा कार्यालयमा बसेर सिफारिस गरिरहँदा समेत प्रहरी रमिते बनेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

सिडिओ सुनिता नेतालको निर्देशनपछि सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले मातहतका निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए । तर, इप्रका खुर्कोटमा इन्स्पेक्टर सविता केसीले भर्खरै जिम्मेवारी सम्हालेको र मातहतका प्रहरीले भने वडाध्यक्षलाई फोन गर्दै पूर्वजानकारी गराउने गरेको प्रहरी स्रोतको भनाइ छ ।

एसपी सिलवालले कडा निगरानी राख्न र पक्राउ गर्न निर्देशन दिएपनि इप्रका खुर्कोटका प्रहरीहरुले जिम्मेवारीपूर्ण काम नगर्दा वडाध्यक्ष कार्कीले उन्मुक्ति पाइरहेका छन् । वडाध्यक्षलाई पक्राउ गर्न हिडेको टोलीले कार्कीलाई अग्रिम फोन गर्ने र घर पुगेर नभेटिएको भन्दै फर्कने गरेका छन् ।

वडाबासीहरुमा समेत कुटपिट गर्ने, धम्क्याउने जस्ता गतिविधि गर्दै आएका वडाध्यक्ष कार्की यसअघि भने मिलापत्रको नाममा उम्किदै आएका थिए । यसपटक भने हाकिमकै कठालो समाउने, पालिकाको गाडी तोडफोडमा उत्रिएपछि उनीविरुद्ध उजुरी परेको छ ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, १० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गोलन्जोर गाउँपालिकाको गाउँसभापछि घर फर्कने क्रममा वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि दुर्व्यवहार गरेको पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले बताएका छन् । वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि मादक पदार्थ सेवन गरेको आरोप लगाए पनि खुर्कोट सामुदायिक अस्पतालले पौडेलको मापसे रिपोर्ट नेगेटिभ आएको जनाएको थियो ।

वडाध्यक्ष कार्कीले यसअघि फेसबुकमा भरुवा बन्दुक बोकेर हिडेको तस्वीर समेत सार्वजनिक गर्नुभएको थियो । सो फोटो सार्वजनिकपछि पनि उहाँलाई प्रहरीले केहीh गरेन । अहिले पक्राउ पूर्जी गर्दा पनि प्रहरीको मिलेमतोमा वडाध्यक्ष कार्की पक्राउ नपर्नुले गोलन्जोरबासी आतंकित बनेका छन् ।

समाजमा टोल छिमेकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने जनप्रतिनिधिले नै यस्तो हर्कत गरेको भन्दै तत्काल उनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै विभिन्न संगठनहरुले माग गरेका छन् । प्रहरी चौकी ग्वाल्टारबाट नजिकै रहेको सार्वजनिक जग्गा हडपेर बनाएको घरमै देखिने र भेटिने गरेको स्थानीयबासीले जानकारी दिएका छन् । तर, प्रहरी भने रमिते जस्तो बन्दै आएको छ ।

aagaman July 15, 2023 July 15, 2023
Previous Article जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
Next Article प्रधानमन्त्रीलाई रविको आग्रह- भ्रष्टाचारीलाई कारबाही गर्न साथ चाहिए हामी छौँ तर सत्ता टिकाउने भाँडो नहोस्
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213970
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?