By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, २९ असार । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमविरूद्ध खेलिरहेको छ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९.१ ओभरमा ६ विकेट गुमाएको छ।

दोस्रो ओभरमा कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।

यस्तै कप्तान रोहित पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भएका छन्। दुवैलाई मोहमद वासिमले आउट गरे। अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भएका छन्। पवन सर्राफ पनि १ रन बनाएर आउट भएका छन्।

अहिले गुल्सन र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्। नेपालले ९.१ ओभरमा ६ विकेट गुमाउदा ३९ रन जोडेको छ।

श्रीलंकामा हिजोदेखि एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

aagaman July 14, 2023 July 14, 2023
Previous Article चीनले चन्द्रमामा मानिस पठाउने, दुइ रकेट निर्माणको तयारी सुरु
Next Article सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214778
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?