By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुदब्रेकिङ न्युज

सोमपालको अर्धसतकपछि नेपालले पाकिस्तानलाई दियो एक सय ८० रनको लक्ष्य

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानी फास्ट बलिङको अगाडि नेपाली ‘टप अर्डर’ ब्याटिङ ध्वस्त हुँदा सोमपाल कामीले इनिङ बचाएका छन्।

प्रमुख ब्याटर टिक्न नसेकेको खेलमा बलर सोमपाल कामीको अर्धशतकको मद्दतमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ। कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा जारी खेलमा नेपालले ३७ ओभरमा अल आउट हुँदै १७९ रन जोड्यो।

पाकिस्तान ए विरुद्ध नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले १०१ बलमा एक चौका र दुई छक्को सहयोगमा ७५ रनको योगदान दिए। उनले ७७ बलमा अर्धशतक बनाए।

कुनै बेला ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालको इनिङ उनकै कारण १५० रन पार गर्न सफल भयो। ‘टप अर्डर’ नचल्दा फास्ट बलिङले नेपाली इनिङलाई ध्वस्त पारेको थियो। धन्न सोमपाल र प्रतिशले सम्हाले।

७२ रनमा ८ विकेट गुमाइसकेको नेपालको इनिङलाई केही माथि उकास्न सोमपाल कामी र प्रतिश जीशीले नवौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए।

प्रतिशले २४ बलमा एक चौका र दुई छक्को सहयोगमा २६ रन जोडेका थिए। शीर्षक्रम चलेको भए नेपालको स्कोर सम्मानजनक अवस्थामा पुग्न सक्थ्यो।

यसैगरी ललित राजवंशीसँग मिलेर सोमपालले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे। जसमा ललितको रन मात्र १ थियो।

पाकिस्तान ए टिमका लागि सिनियर टिमबाट पनि खेल्दै आएका फास्ट बलर दाहानीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए।

यी दुई फास्ट बलरका सामु नेपालको माथिल्लो क्रमका कुनै पनि ब्याटर टिक्न सकेनन्। निकै खराब सुरुवात गरेको नेपालले १० ओभरमा मात्र ३९ रनमा ६ विकेट गुमाइसकेको थियो।

नेपालका ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड हुँदा आसिफ शेख १२ रनमा आउट भए।

यसपछि कप्तान रोहित पौडेल ४ रन र अर्जुन साउद १७ रनमा पेभिलियन फर्किँदा भीम सार्की डक आउट भए। पवन सर्राफले भने १ रन जोडे।

यसपछि कुशल मल्लले १७ र गुल्शन झाले १३ रन जोड्दै नेपालको इनिङलाई केही उकास्ने प्रयास गरेका थिए। जसलाई सोमपाल र प्रतिशले निरन्तरता दिए।

aagaman July 14, 2023 July 14, 2023
Previous Article १७९ रनमा अलआउट भयो नेपाल
Next Article भारतको एउटा पर्वत जहाँ ९ सय मन्दिर छन्, पुरै शहर नै छ शाकाहारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?