By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २७ असार । नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।

अहिले सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा। युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

aagaman July 12, 2023 July 12, 2023
Previous Article दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
Next Article दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?