By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रियकला तथा साहित्य

शाहरूख माथी ‘जवान’ का धेरै दृश्य चोरी र नक्कल गरेको आरोप

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, २६ असार । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन् । किंग खानका फ्यानहरु उनको बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन् । जहाँ हिजो अर्थात जुलाइ १० मा सो फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियो । फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्, जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यस फिल्मको रिलिज ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । सुपरस्टारको यस्तो रुप कसैले कल्पना समेत गरेको थिएन । तर सुपरस्टारलाई यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । प्रिभ्यु ट्रेलरमा एउटै अभिनेता फरक लुक्समा देखिएका छन् । तर के तपाईलाई थाहा छ कि किंग खान भन्दा अगाडि नै उक्त लुकमा धेरै स्टारले अभिनय देखाइसकेका छन् ।

रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ । तर त्यसअघि पनि अभिनेता चियान विक्रमको फिल्म अपरिचितमा यो लुकमा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।

यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियो ।

‘जवान’ मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म ‘डार्क म्यान’को याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मून लाइट’सँग धेरै हदसम्म मेल खाएको प्रतिक्रिया जनाइएको छ ।

र, किंग खानको बाल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् ।

यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो देखिन्छ ।

aagaman July 11, 2023 July 11, 2023
Previous Article राष्ट्रिय सभा बैठक बस्दैः विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने
Next Article मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?