काठमाडौँ, २६ असार । आज बिहान १० बजेबाट बेपत्ता भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको हो।
बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो।
हेलिकप्टरमा पाइलटसहित ६ जना चढेका थिए। पाइलट भने नेपाली हुन्। उनको नाम चेत गुरुङ रहेको खुलेको छ। अन्य ५ जना यात्रु विदेशी रहेको बताइएको छ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ। ५ जनाको शव भेटिएको छ।