By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

दलाई लामा चीनसँग वार्ता गर्न तयार, भन्छन- ‘तिब्बतको स्वतन्त्रता मागेका छैनौ’

aagaman
Share
SHARE
Ad imageAd image

नयाँदिल्ली, २४ असार । तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतीहरुको समस्यामा चीनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

चिनियाँहरू पनि दलाइ लामालाई “आधिकारिक वा अनौपचारिक रूपमा” सम्पर्क गर्न चाहन्छन्।

‘अहिले तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस चीनले पनि गरेको छ, त्यसैले तिब्बती समस्याहरू समाधान गर्न उनीहरू मसँग सम्पर्क गर्न चाहन्छन्, म पनि तयार छु ।’ उनले भने ।

दिल्ली र लद्दाख जानुअघि हिमाचलको धर्मशालामा पत्रकारहरूसँग कुरा गर्दै दलाई लामाले यस्तो अभिव्यक्ति दिएका हुन् । पत्रकारहरूले सोधे कि के चीनसँग वार्ता पुनः सुरु गर्न चाहनुहुन्छरु यस प्रश्नको जवाफमा दलाई लामाले भने, ‘हामीले स्वतन्त्रता माग्‍दैनौँ, हामीले धेरै वर्षदेखि जनवादी गणतन्त्र चीनको हिस्सा रहने निर्णय गरेका थियौँ।अब चीन परिवर्तन हुँदैछ । चिनियाँहरू मलाई सम्पर्क गर्न चाहन्छन्- आधिकारिक वा अनौपचारिक रूपमा र म पनि तयारी अवस्थामा रहेको छु ।’

दलाई लामाले ६ जुलाईमा आफ्नो ८८ औं जन्मदिन मनाएका थिए। आफ्नो निवास नजिकैको धर्मशालामा रहेको मुख्य तिब्बती मन्दिर परिसरको पनि भ्रमण गरे। कार्यक्रममा भेलालाई सम्बोधन गर्दै दलाई लामाले भने, ‘म तिब्बतमा जन्मेको र मेरो नाम दलाई लामा हो तर तिब्बतको हितका लागि काम गर्नुका साथै सबै भावुक प्राणीको हितमा काम गरिरहेको छु ।

‘म कसैसँग रिसाएको छैन, तिब्बतप्रति कठोर अडान लिने चिनियाँ नेताहरूसँग पनि होइन। वास्तवमा चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो। मैले त्यहाँ धेरै मन्दिर र गुम्बाहरू देखेको छु,’ उनले भने ।

दलाई लामाले यसअघि भनेका थिए कि चीनका अधिकांश मानिसहरूले आफू चीन भित्र स्वतन्त्रता खोजिरहेका छैनन्, तर अर्थपूर्ण स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा बुझेका छन्।

गत वर्ष जम्मु–कश्मीर र लद्दाखको भ्रमणका क्रममा उनले जम्मुमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘चिनियाँ जनताले होइन, केही चिनियाँ कट्टरपन्थीहरूले मलाई पृथकतावादी ठान्ने गरेका छन् ।’

दलाई लामाले स्वतन्त्रता नभई चीनभित्र स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा अहिले धेरै चिनियाँहरूले महसुस गरिरहेका छन्।

aagaman July 9, 2023 July 9, 2023
Previous Article कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको बाबुराम भट्टराईको आरोप
Next Article आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै स्वर रहेको स्पष्ट
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?