By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

आफनो आणविक प्लान्टमा रुसले विस्फोटक पदार्थ राखेको युक्रेनको आरोप, रूसको खण्डन

aagaman
Share
SHARE
Ad imageAd image

किभ,२२ असार । युक्रेनले आफ्नो जापोरिज्ज्या आणविक प्लान्ट ध्वस्त पार्ने योजना रूसले बनाएको आरोप लगाएको छ । युक्रेनले रुसले आणविक प्लान्टको छतमा खानी र विस्फोटक पदार्थ राखेको बताएको छ ।

यी आरोपहरू पछि संयुक्त राष्ट्रको आणविक ऊर्जा एजेन्सी अर्थात TAEA ले रुसले कब्जा गरेको युक्रेनको जापोरिझिया आणविक ऊर्जा प्लान्टको अनुसन्धान गर्ने बताएको छ। यसका लागि आईएईएले बुधबार रसियासँग आणविक संयन्त्रको जाँच गर्न थप पहुँचको माग गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताएका थिए । उनका अनुसार अब रूस अहिले आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । युक्रेनले पनि आक्रमणको डरका बीच गत हप्ता प्लान्ट वरपरका क्षेत्रमा ड्रिल गरेको थियो।

तर, रुसले जेलेन्स्कीका यी आरोपहरूलाई आधारहीन भनेको छ । रुसको आणविक कम्पनीका सल्लाहकार रेनाट कार्चाले प्लान्टमा विस्फोटक पदार्थ राख्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । तनाव बढाउन युक्रेनले यस्ता आधारहीन आरोप लगाएको छ । उनले भनेका छन् कि युक्रेनको सेनाले जुलाई ५ को रातमा परमाणु संयंत्रमा आक्रमण गर्ने तयारी गरिरहेको थियो। उनले यसका लागि रुसलाई दोष दिन चाहन्थे।

आईएईएका अधिकारीले परमाणु संयन्त्रको इकाई ३ र ४ को विशेष अनुसन्धान गर्न चाहेको बताएका छन् । युक्रेनको जापोरिजियामा निर्माण गरिएको आणविक ऊर्जा प्लान्टलाई रुसले मार्च २०२२ मा युद्ध सुरु भएको एक महिनापछि कब्जा गरेको थियो। त्यसयता आइएईएले यसबारे चिन्ता व्यक्त गर्दै आएको छ ।

जापोरिज्ज्यामा रहेको सो भण्डारण युरोपको सबै भन्दा ठूलो परमाणु ऊर्जा संयंत्र हो। अलजजीराको रिपोर्टका अनुसार युद्धको बीचमा कुनै किसिमको आणविक प्रकोप भयो भने त्यस क्षेत्रका ३ लाख मानिस विकिरणको जोखिममा पर्नेछन् । जो आफ्नो घर छोड्न बाध्य छन्।

जापोरिज्ज्याको परमाणु ऊर्जा संयन्त्रमामा ह्वाइट हाउसको धारणाा आएको छ। अमेरिकाले स्थितिको निगरानी गरिरहेको बताएको छ । अमेरिकाका अनुसार अनुसन्धान अघि केही भन्न सकिने अवस्था छैन ।

aagaman July 7, 2023 July 7, 2023
Previous Article आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सडक र हवाइ यातायाता अबरूद्द हुन सक्ने
Next Article विदेशी मुद्राको विनिमय दरः डलर र युरो दुबैको भाउ घटयो
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?