एजेन्सी, २१ असार । यस वर्षको आईपीएलमा सानदार खेल देखाएका ब्याटर यशस्वी जैसवाल र तिलक वर्मालाई पहिलोपटक भारतको राष्ट्रिय टिममा बोलाइएको छ।
वेष्ट इण्डिजसँगको सिरिजका लागि जैसवाल र तिलक वर्मालाई भारतको टी-ट्वान्टी टिममा समावेश गरिएको हो।
अर्को महिना हुने वेष्ट इण्डिजसँगको पाँच खेलको सिरिजका लागि हार्दिक पाण्डेयाको कप्तानीमा भारतीय क्रिकेट बोर्डले टिम घोषणा गरेको हो।
१५ सदस्यीय टिमको घोषणा हुँदा सूर्य कुमार यादवलाई उपकप्तानको भूमिका दिइएको छ। विराट कोहली र रोहित शर्मा भने टी-ट्वान्टी विश्वकप पछि टिममा परेका छैनन्।