By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

बिपी शान्ति नगरवन संरक्षण गरिँदै

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २० असार । चितवनको भरतपुर महानगरपालिका–३ स्थित बिपी शान्ति नगरवन संरक्षणको काम थालिएको छ । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको सो नगरवनमा अहिले बिपीको सालिक राख्ने, टायल बिछ्याउने, पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।

महानगरपालिकाको रु ३५ लाखको लागतमा संरक्षणको काम भइरहेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । विसं २०३५ मा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनमा परिणत गरिएको छ । बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक राखिएको छ । वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायत काम तीव्ररूपमा भइरहेका छन् ।

तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले थप राम्रो बनाउने काम भइरहेको छ । नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो । वन्यजन्तुको समेत बासस्थान रहेको उक्त क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने उहाँले बताउनुभयो ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन नगरवनले सहयोग गर्ने अधिकारीले बताउनुभयो । नगरवनको संरक्षणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि रु १८ लाख विनियोजन गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नगरवन संरक्षणको काममा अघि बढेको अधिकारीले बताउनुभयो ।

aagaman July 5, 2023 July 5, 2023
Previous Article बेपत्ता मजदुर मृत भेटिए
Next Article अमेरिकाको फिलाडेल्फियामा गोली चल्यो, चार जनाको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?