By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

गण्डकी प्रदेशसभा बैठकमा बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १९ असार । गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०-८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्न र सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरी कार्यान्वयन गरिने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगार सिर्जनामा बजेट केन्द्रित गरिएको उल्लेख गर्नुभयो । स्रोतसाधनको सीमितताबीच उद्योग र पर्यटनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको मन्त्री थापाले स्पष्ट पार्नुभयो ।

पर्यटकीय गन्तव्यको विकास र नयाँ पदमार्ग पहिचानमा बजेट छुट्याइएको र देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सुन्दरतादेखि घरबास पर्यटनको प्रवद्र्धनसम्मलाई बजेट तथा कार्यक्रममा समेटिएको उहाँले भनाइ थियो ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेश सरकारले वस्तुगत र कार्यान्वयनयोग्य बजेट ल्याएको बताउनुभयो । उहाँले हचुवाका भरमा नभई प्रतिफल दिने क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । वितरणमुखी बजेटको परम्परालाई अन्त्य गर्न यसै वर्षदेखि सक्दो प्रयास थालिएको मन्त्री आले मगरको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणालगायत दूरगामी महत्वका कार्यक्रम बजेटमा परेको बताउनुभयो । उहाँले न्यूनतम रु १० लाखसम्मका योजनामात्र बजेटमा समावेश गरिएको उल्लेख गर्नुभयो । आवश्यकता पहिचान गरेर मात्र ऊर्जा, खानेपानी र सिँचाइका आयोजना छनोट गरिएको मन्त्री तिवारीले उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकासलाई गाउँसँग जोड्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले पूर्वाधार आयोजनातर्फ बजेट तथा कार्यक्रमको बाँडफाँटमा कसैको पनि दबाब नआएको प्रस्ट पार्नुभयो । मन्त्री जुग्जालीले जनसङ्ख्याका आधारमा दोस्रो ठूलो जिल्ला भएर पनि नवलपुरमा तुलनात्मकरुपमा कम योजना परेको स्वीकार गर्दै कसैको प्रभाव र दबाबमा नपरी आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो ।

बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रालयका बारेमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिनुभएको हो । विनियोजन विधियेकमाथिको छलफल र जवाफको क्रम सकिएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

aagaman July 4, 2023 July 4, 2023
Previous Article गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश र दिवान्सी
Next Article संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाउनेबारे शीर्ष नेताहरुबीच सहमति, समझदारीबाट कोशिस गरिने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?