By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
स्वास्थ्य

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १८ असार । क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।

क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तक्र्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार त्वायनाले नगरको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको बताउनुभयो ।

उहाँले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग सङ्क्रमण देखिएको बताउँदै त्वायनाले नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको सङ्ख्या छ सय ५८ रहेको जानकारी दिनुभयो । यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको सङ्ख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सोबाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको सङ्ख्या ४२ दशमलव आठ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उहाँले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले सरकारी लक्ष्य प्राप्तिका लागि अहिलेको अभियानलाई तीव्रता दिनुपर्छ भन्नुभयो । उहाँले क्षयरोग मुक्त अभियानलाई सूक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखालगायतका प्रतिनिधिले कुनै पनि बिरामीको पहिलो गन्तव्य निजी फार्मेसी तथा मेडिकल पनि भएकाले क्षयरोगको ‘स्क्रिनिङ’मा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

aagaman July 3, 2023 July 3, 2023
Previous Article अनुदानमा किसानलाई पचास प्रतिशत कृषियन्त्र
Next Article इजरायलले अमेरिकासँग ३ अर्ब डलरमा लडाकु बिमान खरिद गर्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?