By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

महोत्तरीका साहित्यकारका भ्रष्टाचार विरुद्धको आन्दोलनमा

aagaman
Share
SHARE
Ad imageAd image

महोत्तरी, १७ असार । महोत्तरीमा भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनलाइ साहित्यकारहरुले निरन्तरता दिने भएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर औपचारिक सुरु गरेका कविहरुले विभिन्न माध्यमवाट आफ्ना रचनाहरु वाचन र प्रकाशन गरी भ्रष्टाचारलाई निरुत्साहित गर्ने अभियानमा जुटेका हुन । जसकाकारण विभिन्न साहित्यिक डवली, साहित्यिक समुहहरु निर्माण गरि सुरु गरेको उक्त आन्दोलनले पछिल्लो समय चर्चा वटुल्दै गएको छ ।

परिवर्तनको लागी सवैभन्दा शक्तिशाली कलम भएको वताउदै कविहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उक्त अभियानमा फरक फरक भाषाभाषीका साहित्यकारहरुलाइ रचनाको लागि प्रेरित गरिरहेका छ्न । २०२० को दशक देखी निक्कै चर्चामा रहेको राल्फा आन्दोलन जस्तै यो अर्को आन्दोलनको स्वरुप भएको साहित्यकारहरुको भनाइ छ ।

राल्फा आन्दोलनको उदगमस्थल काठमाण्डौ भए जस्तै कविहरुले बर्दिबास नगरपालिकालाइ आधार इलाका बनाएका छन । काठमाण्डौवाट मोफसलमा ह्वात्तै फैलिएको राल्फा आन्दोलन जसरी नै भ्रष्टाचारविरुद्धको यो साहित्यिक आन्दोलन एउटा उचाइमा पुर्‍याइ छाडने कवि तथा प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले वताए ।

अहिले जिल्लामा वसेर साहित्यकारहरुले भ्रष्टाचारका विरुद्ध मात्र हैन, सामाजिक संस्कार, अतिक्रमणमा परेको संस्कृति, त्यसभित्रका महत्व अनि बिकृतिहरुलाइ पनि तीखो व्यंग्य प्रहार गरिरहेका छन । गत शुक्रबार पनि राष्ट्रिय धान दिवसको अवसर पारेर साहित्यकारहरुले कृषि क्षेत्रका बिकृती, बिसंगतीहरुलाइ रचनाका माध्यमवाट खवरदारी गरे ।

बृहत साहित्य सञ्जाल मधेस प्रदेशको संयोजन तथा लेखनाथ स्मृति सदन महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकारहरुले किसानहरुका मार्का र सरकारको अभिभावकत्व माथी प्रश्न उठाए । भ्रष्टाचारविरुद्ध कविहरुले चालेको रचनात्मक महाअभियान आफैमा नौलो वनेको छ । यो अभियानमा जिल्लाका कतिपय स्थानिय सरकारले समेत ऐक्यबद्धता जनाएका छन ।

बर्दिवास नगरपालिकामा हुर्कदै गरेको साहित्यिक आन्दोलनमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले संरक्षण गर्ने प्रतिबद्धता जनाएका छ्न । गुणात्मक विकासको फडको मार्न कला साहित्यको विकास हुन जरुरी रहेको औल्याउँदै आफ्नो कार्यकालमा साहित्य सर्जकहरुसँग हातेमालो गर्ने उन्को भनाइ छ ।

यता भाषा साहित्यको दीगो विकासको लागी स्थानीय सरकारले नगर प्रज्ञा प्रतिष्ठानको गठन गरेर अगाडी बढन साहित्यकारहरुले माग समेत गरेका छन ।

aagaman July 2, 2023 July 2, 2023
Previous Article रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै
Next Article आज पनि सुनको मुल्यमा वृद्धी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?