By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

मदन जयन्तीका सन्दर्भमा विशेष प्रवचन, कविगोष्ठी तथा दही–चिउरा कार्यक्रम

aagaman
Share
SHARE
Ad imageAd image

१६ असार २०८०, काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिद्वारा शुक्रबार जननेता तथा स्रष्टा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका सन्दर्भमा विशेष कविगोष्ठी तथा प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी समिति सदस्य तथा सांसद रघुजी पन्तले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजको मार्गमा इमान्दारिताका साथ हिँडेमा समाज रूपान्तरण संभव भएको विचार व्यक्त गर्नुभयो । उहाँले सामाजिक रूपान्तरण आजको आवश्यकता रहेको हुँदा सांस्कृतिकर्मीहरू यसतर्फ प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले जननेता तथा स्रष्टा भण्डारीको जन्मजयन्तीका अवसरमा महासंघका प्रदेश तथा जिल्ला कमिटीहरूको आयोजनामा देशभरि सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना भइरहेको बताउनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका उपाध्यक्ष आरसी न्यौपानेले नेपाली हावा, पानी र माटो सुहाउँदो मौलिक विचार र दर्शनका प्रवर्तक मदन भण्डारीको विचार तथा दर्शन आजको समयमा झन् झन् सान्दर्भिक हुँदै गएको बताउनुुभयो ।
कार्यक्रममा प्रा. जगत्प्रसाद उपाध्याय, प्रा.डा. देवी नेपाल, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, राम विनय, देवु लुइटेल, रुपेश अलंकार, नमूना शर्मा, नन्दु उप्रेती लागयतले कविता सुनाउनुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका महासचिव अशोक राईले गर्नुभएको थियो । उक्त अवसरमा दही–चिउरा खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

aagaman July 1, 2023 July 1, 2023
Previous Article जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष कारागार चलान
Next Article आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?