By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १६ असार । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पार्नुभएको छ ।

उहाँले एक घन्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि उचाल्नुभएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकको रङ्गशालाबाट सुरु भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सीतापाइला, कारखानाचोक भई पुनः हल्चोक रङ्गशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममायाले रु एक लाख प्राप्त गर्नुभयो । दोस्रो हुने नेपाल एपिएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घन्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरी रु ७५ हजार तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घन्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी रु ५० हजार पुरस्कार जित्नुभयो ।

चौथो हुने नेपाल एपिएफ क्लबकी आशा राउतले एक घन्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी रु २५ हजार र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घन्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै रु १५ हजार प्राप्त गर्नुभयो । उपाधि हासिल गर्ने धावकलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय तथा देशैभरका महिला धावक गरी कूल ४२ महिलाको सहभागिता थियो । रासस

aagaman July 1, 2023 July 1, 2023
Previous Article आइतबार कर्णाली प्रदेशसभा बैठक बस्दै
Next Article आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213711
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?