By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रचण्ड

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १६ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ ।

पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उहाँले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ ।”

प्रधानमन्त्री दाहालले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीभित्र मात्र थपघट गरेर पार्टी पुनःनिर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ”, उहाँले भन्नुभयो, “यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ । यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ । सरकार यसमा दृढ छ ।”

देशमा उपलब्ध प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि के–कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ । पार्टीका सबै नेता–कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ ।”

हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उहाँले जानकारी दिनुभयो । मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने प्रधानमन्त्रीले जानकारी दिनुभयो । सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ । आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौं । समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ । पूर्वमाओवादी पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।”

kamala dahal July 1, 2023 July 1, 2023
Previous Article केन्यामा भएको भयानक सडक दुर्घटनामा परी ४८ जनाको मृत्यु
Next Article एक्कासी हिलाम्मे मकैवारीमा हेलिकप्टर किन ल्यान्ड गरियो, खास के भएको थियो घटना ?

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071839
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?