By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रियस्वास्थ्य

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस दुई हप्ताको बिचमा १ सयको मृत्यु

aagaman
Share
SHARE
Ad imageAd image

मेक्सिको, १५ असार । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरुले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको छ । चर्को गर्मीका कारण मानिसहरु असहाय देखिएका छन् ।

मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। अर्कोतर्फ गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिर्पोटमा जनाईएको छ । ६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेको छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।

यसैबीच हालैका दिनमा यहाँको तापक्रम घटेको खबर आएको छ । वास्तवमा चर्को गर्मीको सामना गरिरहेका जनताले वर्षाले राहत पाएका छन् । यद्यपि, केही उत्तरी शहरहरूमा अझै उच्च तापक्रम रेकर्ड गरिएको छ।

सोनोरा राज्यको एकोन्ची सहरमा बुधबार अधिकतम तापक्रम ४९ डिग्री सेल्सियस रहेको थियो ।

aagaman June 30, 2023 June 30, 2023
Previous Article आज सुनको मूल्यमा वृद्धि
Next Article नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर पारित गर्न साधारणसभा बस्दै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213949
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?