By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
मानव अधिकार

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

kamala dahal
Share
SHARE
Ad imageAd image

तनहुँ, १५ असार । व्यास नगरपालिका-७ शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पैँतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो ।

नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ । विद्यार्थी अभावले गर्दा क्यामिन छापथोक प्राथमिक विद्यालय बन्द भएपछि नगरपालिकाले रु ४० लाख खर्चेर विद्यालयको मर्मतसम्भार गरी विसं २०७९ भदौ ५ गतेदेखि व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको हो ।

साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकाले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकाले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कक्षा १ देखि ६ सम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले जानकारी दिनुभयो ।

हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने तथा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने गरिएको छ । नगरपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षकत्व गरेकामा स्थानीय बासिन्दा खुसी भएका छन् । यस उदाहरणीय कार्यको अन्य पालिकालेसमेत सिको गर्नुपर्ने आवश्यक देखिएको छ ।

विद्यालय सञ्चालनमा आएपछि अनाथ, असहाय, विपन्न, सहिद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाले अध्ययन गर्न पाएका छन् । कक्षा ३ मा पढ्दै आएका साजन नेपालीले विद्यालयको मैत्रीपूर्ण वातावरणमा पठनपाठन हुँदा सिक्न र पढ्न सहज भएको बताउनुभयो ।

उक्त विद्यालयको भौतिक संरचना र शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गत वर्ष रु एक करोड विनियोजन गरेको नगरपालिकाले जनाएको छ । विद्यालयको भवन, कम्पाउण्ड, गार्ड र केही शिक्षकको व्यवस्थापनका लागि उक्त लगानी गरिएको हो । वडा नं ७ का बाबुआमा नभएका भक्त दरै र बहिनी गायत्री दरै पढ्न पाएकामा निकै खुसी हुनुहुन्छ ।

अध्ययनबाट वञ्चित हुनुपरेका अभिभावकविहीन बालबालिकाले लगनशील भएर अध्ययन गरेको देख्दा खुसी लागेको व्यास–१० का वडाध्यक्ष खेमराज पोखरेलले बताउनुभयो । उक्त विद्यालयमा पढाउने समय तालिका छ, त्योभन्दाबाहेक उनीहरूलाई अनुशासित र लगनशील बनाउन गरिने क्रियाकलाप प्रभावकारी छ । खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि व्यवस्थित बनाइएको छ ।

व्यास–९ स्थित बसाहस्थान माध्यमिक विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा आवासीय विद्यार्थी भर्ना गरी समता विद्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । हाल कक्षा ६ सम्म सञ्चालनमा ल्याइएको र क्रमशः कक्षा थप गर्दै लैजाने योजनाअनुरुप नगरपालिका अघि बढेको उहाँले जानकारी दिनुभयो । पढ्ने अवसरबाट वञ्चित भएका असहाय बालबालिकालाई नगरपालिकाले ज्ञान आर्जन गर्ने थलो बनाएपछि समता विद्यालय नमुना विद्यालय बन्दै गएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

kamala dahal June 30, 2023 June 30, 2023
Previous Article मलेसियालाई हराउँदै नेपाल समूह विजेता
Next Article ललिता निवास प्रकरणः पूर्व अख्तियार प्रमुख बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?