By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
स्वास्थ्य

बाँकेमा खोपको गुणस्तर कामय राख्न लुम्बिनी प्रदेश सरकारद्धारा निर्देशन

aagaman
Share
SHARE
Ad imageAd image

नेपालगञ्ज, १४ असार । बाँकेमा बालबालिकालाई लगाइने खोपको गुणस्तर कामय राख्न लुम्बिनी प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनका क्रममा खोपको गुणस्तर कायम राख्नका लागि खोपको ‘कोल्डचेन’ व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्रत्येक वर्ष खोज र खोप रणनीति अवलम्बन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ । आज नेपालगञ्जमा आयोजना गरिएको पूर्ण खोप सुनिश्चितता र दीगोपना कायक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले खोपको प्रभावकारितासँगै महामारी रोग नियन्त्रण हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले नसर्ने रोगको महामारी देखिएको छ, त्यसैले यसको सम्बोधन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेल पाण्डेले खोपको गुणस्तर कायम गर्न जथाभावी खोप लगाउने कामलाई निरुत्साहित गर्न जोड दिँदै स्वास्थ्यकर्मी चनाखो हुनुपर्ने बताउनुभयो । “हामीले धेरै गर्मीमा पनि खोप लगाउने गर्छौैँ तर धेरै गर्मीका कारण खोपको गुणस्तरमा कमी आएको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्यद्वय रत्न खत्री र बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य प्रदेश निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपबारे प्रकाश पार्नुभएको थियो ।

जिल्लामा माघदेखि घरधुरी सर्वेक्षण सुरु भई खोज र खोप अभियान सञ्चालन भएको थियो । सर्वेक्षणमा १६ देखि २३ महिनाका आठ हजार तीन सय ३६ कूल बच्चामध्ये एक सय सात शून्य डोज र पाँच ६६ आंशिक छुट बच्चा फेला परेकोमा सबैलाई खोप प्रदान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ९६ शून्य डोज र एक सय ६७ आंशिक छुट फेला परेका थिए । खोपको बारेमा महिला स्वंयम्सेविकासहित समुदाय स्तरमा खोपको बारेमा सघन घरधुरी सर्वेक्षण भएको स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेशबाबुु श्रेष्ठले जानकारी दिनुभयो ।

aagaman June 29, 2023 June 29, 2023
Previous Article आईसीसी ‘प्ले अफ द विक’को विजेता बन्यो कुशल भुर्तेलको क्याच
Next Article नयाँ सरकारका विषयमा कांग्रेससँग कुरा भएको छैन : अध्यक्ष ओली
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213809
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?