By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

नवलपरासीमा ३२ प्रजातिका एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १४ असार । नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो ।

उक्त कार्यालयको परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सवडिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काइएका एक लाख १८ हजार बिरुवा रोप्नका लागि निःशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो ।

दुईवटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उहाँको भनाइ थियो । यसवर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेकामा बहुवर्षीय रुखका बिरुवा, डालेघाँसका बिरुवा, फूलका बिरुवा, सुगन्धित जडीबुटीका बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा रहेको छ ।

असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएकामा अहिले बिरुवा लिन आउनेहरू बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरू बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्य, भू–क्षय तथा कटान रोकथाम र पशुका लागि घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

“विशेषगरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यका लागि धूपी, कल्कीफूल, गुलमोहर, विरेन्द्रफूल, कपुरजस्ता बिरुवा लैजाने गरेका छन्” सूचना अधिकारी गौतमले भन्नुभयो “सामुदायिक वन, संस्थागत र सार्वजनिकस्थलमा वृक्षरोपण गर्नेहरूले सबै प्रजातिका बिरुवाको माग गर्ने गरेका छन्।” कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयलेसमेत वृक्षरोपणमा चासो देखाएका छन् ।

aagaman June 29, 2023 June 29, 2023
Previous Article सितापाइलामाट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली
Next Article आज सुनको मुल्य प्रतितोला ६ सयले गिरावट
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213946
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?